वीरगन्ज :

नेपाल बैंक लिमिटेडमा साइरन बज्दा हलचल, प्राविधिक गडबडीका कारण घटना भएको पुष्टि

श्रेणी : अर्थ

1 year
Pradeep Sah
2.2kViews
1519 Shares

वीरगन्ज,०९ माघ । वीरगञ्जको माईस्थान चोकस्थित नेपाल बैंक लिमिटेडमा मङ्गलवार साँझ अचानक साइरन बज्दा स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो। प्रारम्भिक रूपमा चोरीको आशङ्का गरिए पनि प्रहरी अनुसन्धानपछि प्राविधिक गडबडीका कारण साइरन बजेको पुष्टि भएको छ।

साँझ करिब ८:१५ बजे अचानक साइरन बज्न थालेपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरीले बैंक परिसरमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार बैंकको सुरक्षा प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण साइरन सक्रिय भएको हो। चोरी वा कुनै आपराधिक गतिविधि नभएको प्रष्ट पार्दै उनले स्थानीयहरूलाई अफवाहमा नफस्न आग्रह गरेका छन्।

बैंक व्यवस्थापनले प्राविधिक गडबडी सच्याउने र यस्ता घटनाहरू दोहोरिन नदिन सुरक्षामा थप सतर्कता अपनाउने आश्वासन दिएको छ। स्थानीय बासिन्दाहरूले यसअघि पनि यस्ता घटना दोहोरिएको भन्दै सुरक्षा प्रणालीको नियमित परीक्षण तथा मर्मत आवश्यक रहेको बताएका छन्।

यस घटनाले बैंकको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ। भविष्यमा यस्ता प्राविधिक समस्याले अनावश्यक त्रास सिर्जना नगरोस् भन्ने सुनिश्चित गर्न बैंक र सुरक्षाकर्मीहरूलाई थप जिम्मेवार बन्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *