वीरगन्ज :

वीरगन्जमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
1.9kViews
1787 Shares

वीरगन्ज, ९८ माघ । आज विहान वीरगन्जमा स्कुल बसको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका– १६ स्थित तेजश एकेडमीको ना ५ ख १५०४ नम्बरको बसले बाईपास रोड स्थित बैष्णोदेवी मन्दिर नजिक एक साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन्। साइकल सवारलाई तत्काल नारायणी अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यो घटनाले अभिभावक र विद्यार्थीहरूबीच त्रास बढाएको छ। प्रहरीले बस चालकको खोजी कार्य र घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *