श्रेणी : मधेस
      2.2kViews
      
      
      1037
      Shares
      
      
काठमाडौँ,०८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
बैठकमा समसामयिक राजनीतिक, पार्टीले सञ्चालन गरेको संगठन निर्माण अभियानलगायतका एजेण्डामा छलफल हुने बताइएको छ।
पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ-आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया