वीरगन्ज :

गाँजासहितको बोलेरो गाडी छाडेर चालक फरार

श्रेणी : प्रदेश

9 months
Pradeep Sah
2.7kViews
1619 Shares

हेटौंडा,०७ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चैनपुरबाट मनहरीतर्फ आउँदै गरेको बोलेरो पिकअप गाडीमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ।

बा.१० च ७७५८ नम्बरको गाडी बिहान इलाका प्रहरी कार्यालय मनहरीको टोलीले रोकेपछि चालक र सहचालक फरार भएका हुन्। प्रहरीका अनुसार, बिहान करिब ७ बजे प्रहरी देख्नासाथ गाडी सडकमै छाडेर दुई जना व्यक्तिले भागेका थिए।

तत्काल स्थानीयको रोहबरमा खानतलासी गर्दा गाडीको पछाडि ढालामा लुकाइल्याएको अवस्थामा गाँजा २ सय १२ किलो फेला परेको थियो । गाँजा र गाडी बरामद गरी फरार रहेका व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *