श्रेणी : मधेस
सेढवा । उपकार सेवा नेपालले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगो, जगरनाथपुर ३ पर्सामा १ सेट खानेपानीको लागि चापाकल (धारा) जडान गरि दिएकाे छ । संस्थाका अध्यक्ष बिद्या कुमारी सरावगीले विद्यालयमा जडान गरिएकाे धाराको उद्घाटन गरेकी हुन् ।
यसका साथै सरावगीले सो बिद्यालयमा अध्ययनरत १ सय जना छात्र/छात्राहरुलाई कापी, सिसाकलम, कटर लगायतका शैक्षिक सामग्री समेत बितरण गरेकी छन् ।
साे बिद्यालय स्थापना भएको करिब २५ बर्ष बिति सक्दा पनि खानेपानीका लागि धारा जडान भएका थिएन । जसका कारण बिद्यार्थीहरुलाई खानेपानीका लागि बिद्यालय बाहिर जानु पर्ने वाध्यता रहेकाे थियाे ।
खानेपानीकाे समस्या समाधानका लागि सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा सो धारा जडान गर्न सकिएको बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले बताए । धरा जडान गर्ने संस्था उपकार सेवालाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बडगोले प्रशन्सा पत्र प्रदान गरेकाे छ ।
साे अवसरमा उपकार सेवा नेपालका सदस्य पदमा देवी सरावगी, अंकुर शर्मा, जगरनाथपुर गाउँपालिका वडा नं. ३ का सदस्य हारण राउत गदी, शिक्षक मोस्लीम राउत गदी, यूवा अजय राम, सन्तोष राम लगायत स्थानीय बुद्धिजीवी, अभिभावकहरुको सहभागिता रहेका थियाे ।
प्रतिक्रिया