वीरगन्ज :

कलैया उपमहानगरको हिउँदे नगर सभा सम्पन्न

श्रेणी : कला / साहित्य

3 weeks
Pradeep Sah
1.7kViews
1830 Shares

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न भएको छ। “शैक्षिक, प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत कलैया नगर, कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” नारासहित सभा आयोजना गरिएको थियो।

नगर प्रमुख बिनोद साहले सभाको उद्घाटन गर्दै द्रुतगतिमा विकास निर्माणका कार्य सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कसैको दबाबमा नपरी मानमत–मटिअर्वा सडकखण्ड निर्माण तथा कलैयामा हाट बजारको स्वरूप परिवर्तनलाई प्राथमिकतामा राख्ने बताए। उनले नगर विकासमा कुनै अवरोध नगर्न सबैलाई आग्रह गरे।

उपमेयर रौशन प्रविनले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै अहिलेसम्म ५६ करोड ४५ लाख रुपैयाँ आम्दानी भएको र कुल ३० प्रतिशत पूँजीगत बजेट खर्च भएको जानकारी दिइन्। बजेट अभावका कारण धेरै परियोजनाहरू अगाडि बढाउन नसकिएको जनाइएको छ।

सभाका दौरान बारा जिल्लाका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो। जनकपुर बोल्टस्का कप्तान अनिल साह र खेलाडी अरनीको यादवलाई जनही ५१ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरियो। सितोरियोका विजेता प्रशिक्षक अनिल पान्डेलगायतलाई जनही ५ हजार नगदसहित सम्मान गरिएको छ।

नगर प्रमुखले कलैया उपमहानगरलाई मधेस प्रदेशकै उदाहरणीय सहर बनाउने प्रतिबद्धता जनाउँदै राजनीतिक द्वन्द्वभन्दा माथि उठेर सहकार्य गर्न अपील गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *