वीरगन्ज :

हरैया र सखुवनियाका विपन्न परिवारले खर काटेर गुजारा गर्दै

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.3kViews
1489 Shares

सेढवा,२९ पुस । जंगलको सीमासंग जोडेका जिराभवानी गाउपालिकाका अति बिपन्न परिवारले खर काटेर गुजारा गर्दै आएका छन्।

वडा नं.– ५ मा रहेका हरैया तथा सखुवनिया गरिब जनताहरुले जंगलमा रहेका खर काटी बिक्री गरेका आम्दानी गरिरहेका छन्। अहिले जाडोको मौषममा काम नभएका समयमा जंगलको नर्सरीमा दैनिक खर काटी यहाँका करिब पचास वटा परिवारहरुले आम्दानी गरी जीवन चलाइरहेका छन्।

बिशेष गरी मुसहर, चमार तथा थारु समूदायका गरिब परिवारहरुको यस कार्यमा सहभागिता रहेका छन्। जीराभवानी गाउँपालिका वडा नं.– ५ हरैयाका असिया देवीले दैनिक ६÷७ बोझा खर काट्ने गरेको बताइन्। खरको बोझालाई जंगल बाहिर राखेर सुकाउन र ६० रुपैया प्रति बोझाको दरमा बिक्री गर्ने गरेको देवीले बताईन्। जिल्लाका दक्षिणी भेगका जनताहरुले खरको बोझा खरिद गरी लैजाने गरेका छन्।

हरैया कै भोजराज रामका अनुसार खरकै भर दर्जनौ परिवार गुजारा चलाईरहेका बताए। यस बेला ज्यालादारी काम पनि नभएकाले परिवारका सम्पूर्ण सदस्यहरु खर काट्ने काममा लागेका तथा सोको बिक्री गरी आएका रकमबाट अति आवश्यक बस्तुको आवश्यकता पूरा गरिरहेको रामले बताए। खर काट्ने समयमा बिरुवालाई सुरक्षित राखेर काम गरेको रामको भनाई रहेका छन्।

सब डिभिजन बन कार्यालय बसन्तपुरका प्रमुख वन अधिकृत रघुनाथ दासका अनुसार खर काट्ने कामले बिरुवालाई फाइदा पुगेको बताए। बृक्षारोपण गरेका बिरुवा खरले च्यापेको हुदा बृद्धि र बिकास नै रोकिएको हुन्छ। खर कटानीले बिरुवालाई फाइदा पुग्नुका साथै बिपन्न परिवारलाई साहारा बनेको अधिकृत दासले बताए।

साथै खर ढलेपछि डढेलो लाग्ने जोखिम बढेका कारण खर काट्नु राम्रो रहेको अधिकृत दासले बताए। तर बिरुवालाई कुनै किसिमको क्षति पु¥याउनु त्यसका लागि बेला बखतमा वनकर्मीहरुले निगरानी गरिरहेको दासको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *