वीरगन्ज :

बीरगन्जको मनोकामना मनिचेन्जरको इजाजत खारेज

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
Pradeep Sah
2.5kViews
1608 Shares

बीरगन्ज,२९ पुस । नेपाल राष्ट्र बैंकले बीरगन्जस्थित मनोकामना मनिचेन्जर प्रालि को इजाजत खारेज गर्ने निर्णय गरेको छ। भारतीय मुद्रा खरिद-बिक्रीका लागि अनुमति प्राप्त यस मनिचेन्जरले तोकिएका नियमहरूको उल्लङ्घन गरेको ठहर गर्दै राष्ट्र बैंकले इजाजतपत्र रद्द गरेको हो।

राष्ट्र बैंकका अनुसार, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को नियम १९(९) को प्रावधानअनुसार मनोकामना मनिचेन्जरको इजाजतपत्र खारेज गरिएको हो। अब यो मनिचेन्जरसँग कुनै पनि आर्थिक कारोबार नगर्न सर्वसाधारणलाई चेतावनी दिइएको छ।

राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मनोकामना मनिचेन्जर बीरगन्ज प्रालिको इजाजतपत्र रद्द गरिएकाले उक्त संस्थासँग कुनै कारोवार नगर्न नगराउन सर्वसाधारणमा अनुरोध छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *