![](https://birgunjreport.com/wp-content/uploads/2025/01/1212025043654-1000x0-1.webp)
श्रेणी : मधेस
जनकपुर,२९ पुस । सिरहाकाे नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र लेखापाल सुरेश कुसियैतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले ६ महिना कैद सजाय र जरिवानाको फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई दोषी ठहर गर्दै ६ लाख २० हजार रुपैयाँ जरिवाना तिर्ने आदेश पनि जारी गरेको हो।
आर्थिक वर्ष २०७४/७५ मा गाउँ कार्यपालिकाको बैठकबाट ५७ प्रकारका औषधिजन्य सामग्री खरिद गरिएको थियो।
गाउँपालिकाले औषधि खरिदका लागि २२ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरे पनि अनुसन्धानका क्रममा केवल १६ लाख ४१ हजार रुपैयाँ बराबरका औषधि मात्र वितरण भएको प्रमाणित भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी ६ महिनाअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।जनही ६ महिना कैदको फैसला पनि सुनाएको छ । यस्तै, उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने आदेशमा उल्लेख छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया