वीरगन्ज :

बीरगन्जमा ट्याक्टर दुर्घटनाबाट एकजनाको मृत्यु

श्रेणी : BANNER

3 months
Pradeep Sah
3.0kViews
1562 Shares

बीरगन्ज,२८ पुस  । बीरगन्ज महानगरपालिका-१७ अलौंमा शनिबार ट्याक्टरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। ज्यान गुमाउनेमा पर्साको जगरनाथपुर गाउँपालिका-५ भीखमपुरका ४५ वर्षीय शिवकुमार कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *