वीरगन्ज :

धरानको चारकोसे जंगलबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.4kViews
1415 Shares

काठमाडौं,२८ पुस । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।

शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरिएको हो ।

इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।

उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *