वीरगन्ज :

महोत्तरीमा आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1067 Shares

जनकपुर,२८ पुस । पछिल्लो समय महोत्तरी जिल्लामा हुने आपराधिक गतिविधिमा साना हतियार, विशेषतः पेस्तोलको प्रयोग बढेको देखिएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा भएका अपराधमा साना हतियारको प्रयोग उच्च रहेको देखाएको छ।

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्रै सात थान साना हतियार र १९ राउन्ड गोली बरामद गरिएको छ। यस क्रममा पाँचजनालाई हतियारसहित पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा चलाइएको छ।

आर्थिक वर्ष २०८०/८१ मा तीन थान साना हतियार, एक थान भरुवा बन्दुक, र नौ राउन्ड गोली बरामद भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा एक थान पेस्तोल, चार थान भरुवा बन्दुक, र ३७ राउन्ड गोली बरामद गरिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार साना हतियार बोक्न र लुकाउन सजिलो हुने भएकाले अपराधीले यस्ता हतियारको प्रयोग गर्न थालेका छन्।

हतियारको व्यापक बरामदगी र पक्राउले महोत्तरीमा आपराधिक गतिविधिमा साना हतियारको बढ्दो प्रयोगप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। यसले जिल्लाको शान्ति सुरक्षामा चुनौती थपेको छ। प्रहरीले हतियार नियन्त्रण र अपराध न्यूनीकरणमा कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *