वीरगन्ज :

भर्जिनियामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
2.3kViews
1212 Shares

काठमाडौँ,२६ पुस । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान स्यान्टिल्लीस्थित विन्डम होटल परिसरमा कार पोखरीमा खस्दा कर्ण खड्का र उनका नातेदार निश्चल भट्ट  को ज्यान गएको हो।

कार पार्किङ क्षेत्रबाट चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खस्दा दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटनले जनाएको छ। भिडियो फुटेजमा कारको अगाडिको भाग पानीमा डुबेको देखिएको छ। अत्यधिक चिसो मौसम र उद्धारमा भएको ढिलाइले उनीहरूको ज्यान गएको बताइएको छ।

कर्ण खड्का भर्जिनियाको विन्डम होटलमा हाउसकिपिङ काम गर्थे। उनले आफ्ना भान्जा नाता पर्ने निश्चल भट्टलाई पनि सोही होटलमा काम लगाउन ल्याएका थिए। कर्ण खड्का आफ्नी श्रीमती, छोरी, र ज्वाइँसँग अमेरिका बस्दै आएका थिए, भने निश्चलको परिवार नेपालमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *