श्रेणी : अन्तर्राष्ट्रिय
      2.0kViews
      
      
      1285
      Shares
      
      
जनकपुर,२५ पुस । स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला, माधवपुर ग्राम पञ्चायत वडा नं ६ का निवासी रवि कुमार रहेका छन्।
बिहीबार, महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित मटिहानी सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रवि कुमार भारतबाट नेपाल प्रवेश गर्दै गर्दा प्र २–०२–००५प ५१६३ नम्बरको मोटरसाइकलमा थिए। चेकजाँचका क्रममा उनको साथबाट स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकम र मोटरसाइकलसहित उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।
    
    
    
									
									
        
        
प्रतिक्रिया