वीरगन्ज :

लस एन्जलसमा भीषण डढेलो: १,१०० भन्दा बढी घर जले, ५ को मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
1.6kViews
1693 Shares

काठमाडौं,२५ पुस । अमेरिकाको लस एन्जलस क्षेत्रमा भीषण डढेलोले ठूलो विनाश निम्त्याएको छ। प्यासिफिक प्यालिसेड्स क्षेत्रमा सुरु भएको आगलागीले १,१०० भन्दा बढी घर जलेका छन् भने ५ जनाको ज्यान गएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले आपत्काल घोषणा गरेका छन्।

सान्ता मोनिका पहाडको प्यासिफिक प्यालिसेड्सबाट मंगलबार बिहान सुरु भएको आगो हालसम्म १६ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ। ९७ किलोमिटर प्रतिघण्टाको हावाको वेगले आगो फैलिन थप बल दिएको छ, र १६० किलोमिटर प्रतिघण्टाको आँधी आउन सक्ने चेतावनी दिइएको छ।

डढेलोका कारण ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्। जोखिम क्षेत्रका २८ हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन्।

पाँच हेलिकोप्टर र दमकलसहित अग्नि नियन्त्रकहरू आगो निभाउन प्रयासरत छन्। तर हावाको तीव्र गतिका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ। सुकेका रुखपात र आँधीले आगो थप भयानक बनाएको अधिकारीहरूको भनाइ छ।

डढेलोले प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बसोबास गर्दै आएका दिग्गज अभिनेताहरू युजिन लेवी, जेम्स वुड्स, जेमी ली कर्टिस, मार्क हमिल र म्याण्डी मुरका घरसमेत प्रभावित भएका छन्। उनीहरूले आफ्ना घर छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गभर्नर न्युजमले आगो फैलावट रोक्न हरेक सम्भावित प्रयास भइरहेको बताए। तर बढ्दो हावाको वेगले अवस्था थप खतरनाक बन्ने संकेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *