वीरगन्ज :

चिसो बढेसँगै रौतहटका विद्यालयहरू बन्द हुने क्रम सुरु

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.2kViews
1291 Shares

रौतहट,२४ पुस । लगातारको शीतलहर र चिसो बढेसँगै रौतहटका विद्यालयहरू बन्द हुने क्रम सुरु भएको छ। बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोका कारण पठनपाठनमा समस्या भएपछि अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

जिल्लाका सामुदायिक र निजी विद्यालयमा तीन दिनको बिदा दिने निर्णय गरिएको हो। गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलबार जारी सूचनामा चिसोले विद्यार्थीहरूको पठनपाठनमा कठिनाइ भएकाले वार्षिक बिदाबाट कटौती हुने गरी बिदा दिइने उल्लेख गरेका छन्।

रौतहटका १८ मध्ये अधिकांश स्थानीय तहले विद्यालय बन्दको निर्णय गरिसकेका छन्। चिसो बढ्नुका साथै मधेस प्रदेशमा शीतलहरले जनजीवन थप प्रभावित पारेको छ।

विद्यालय बन्दसँगै विद्यार्थी र अभिभावकहरूलाई चिसोबाट बच्न सतर्क रहन आग्रह गरिएको छ। पछिल्लो एक सातादेखि मधेस प्रदेशमा चिसो र शीतलहरले दैनिक जीवन कष्टकर बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *