वीरगन्ज :

२९ पुसदेखि फ्लाई दुबईको उडान पुनः सुरु हुँदै

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
Pradeep Sah
3.2kViews
1621 Shares

भैरहवा,२३ पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ पुसदेखि फ्लाई दुबईले उडान पुनः सञ्चालन गर्ने भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मौसममा बाक्लो हुस्सुका कारण १५ डिसेम्बरदेखि फ्लाई दुबईले उडान स्थगित गरेको थियो। तर, मौसममा क्रमिक सुधारसँगै १५ जनवरी (२९ पुस) बाट उडान पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

हिउँदयाम सुरु भएसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्य विमान कम्पनीहरूले पनि सेवा रोकेका थिए। एकसाथ आधा दर्जनभन्दा बढी एयरलाइन्सले सेवा सुरु गरे पनि मौसमको प्रतिकूलताले गर्दा स्थगन गर्नुपरेको थियो।

फ्लाई दुबईको नियमित सेवा पुनः सुरु भएपछि विमानस्थलको व्यस्तता बढ्ने र यात्रुहरूको सुविधा सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *