वीरगन्ज :

पैसा डबल बनाईदिन्छु भन्दै ठगी गर्ने गिरोहका नाइकी पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
1.8kViews
1929 Shares

सप्तरी, २३ पुस । सप्तरी प्रहरीले सर्वसाधारणलाई पैसा डबल बनाइदिने प्रलोभनमा लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगाका ४८ वर्षीय रामबहादुर रजकलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

रजकविरुद्ध हालसम्म चार जनाले ठगीको उजुरी दिएका छन्, जसमा उनले ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ। गिरोहले अन्य व्यक्तिहरूसँग पनि पैसा डबल बनाइदिने नाममा ठगी गरेको थप सूचना प्राप्त भएको छ ।

प्रहरीका अनुसार, रजकले सर्वसाधारणलाई पैसा लगानी गरेपछि छोटो समयमै दोब्बर हुने लोभ देखाएर ठगी गरेका थिए। गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको र रजकविरुद्ध ठगी र आपराधिक विश्वासघातको कानुनी कारबाही अघि बढाइएको छ ।

प्रहरीले यस्ता ठगी गर्ने गिरोहलाई चिन्हित गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ र सर्वसाधारणलाई यस्ता प्रलोभनमा नपर्न सचेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *