वीरगन्ज :

भूकम्प अपटेड : नेपालमा १३ घाइते,चीनमा ९५ को मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.1kViews
1508 Shares

काठमाडौं, २३ पुस । नेपाल–चीन सीमा क्षेत्रको तिब्बतको दिंगे केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौँमा १, बारामा ११, र काभ्रेको १ जना गरी कुल १३ जना घाइते भएका हुन् ।

घाइते सबैलाई स्थानीय अस्पतालमा उपचार प्रदान गरिएको छ र अधिकांश डिस्चार्ज भइसकेका छन्। काठमाडौँको स्युचाटारमा एक व्यक्तिले घरको छतबाट हामफालेपछि घाइते भएका थिए। उनी अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पले ९ भौतिक संरचनामा क्षति पुर्याएको छ, जसमा १ घर पूर्ण रूपमा नष्ट भएको छ। सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोष्ट कार्यालय भवनमा पनि क्षति पुगेको छ। सोलुखुम्बु हिमाली क्षेत्रमा अन्यत्र भन्दा बढी धक्का महसुस भएको थियो, यद्यपि यो आरोहणको सिजन नभएको कारण थप क्षति नभएको प्रहरीले जनाएको छ ।

यस भूकम्पका कारण चीनमा हालसम्म ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *