![](https://birgunjreport.com/wp-content/uploads/2025/01/rice.webp)
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,२३ पुस । बीरगन्ज-६ मीनाबजारस्थित आलु गोदामबाट अवैध रूपमा भण्डारण गरिएको ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोलीले मंगलबार बिहान छापा मारेर चामल बरामद गरेको हो। गोदाममा भण्डारण गरिएका विभिन्न ब्राण्डका ७५ बोरा चामलको बजार मूल्य २ लाख रुपैयाँभन्दा बढी रहेको छ। बरामद चामल वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको चौलागाईले जानकारी दिए।
यस्तै, भारतबाट तस्करी गरेर ल्याइएका कपडा, स्पेयर पार्ट्स, ड्राइफुड्स, र जुत्तालगायतका अन्य सामग्री पनि वीरगञ्जका विभिन्न स्थानबाट बरामद गरिएको छ। यी सामानहरूको कूल मूल्य २५ लाख रुपैयाँभन्दा बढी रहेको छ। बरामद सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
तस्करी नियन्त्रण र कानूनी कारबाहीको लागि प्रहरीले यस्ता अपरेसनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया