वीरगन्ज :

अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

11 months
Pradeep Sah
3.0kViews
1954 Shares

काठमाडौँ,२३ पुस । ललितपुरको सातदोबाटोस्थित अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनलाइनमार्फत जुवा सञ्चालन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

सातदोबाटोमा भाडामा लिइएको चार तले घरमा “प्रोलिंक सोलुसन” नामक कम्पनी दर्ता गरी जुवा सञ्चालन गरिएको पुष्टि भएपछि कारबाही गरिएको सिआइबीका एसपी होविन्द्र बोगटीले बताए।

पक्राउ पर्नेहरूमा २९ महिला र तीन जना भारतीय नागरिकसमेत छन्। सिआइबीले घटनाको थप अनुसन्धान गरिरहेको छ। अवैध गतिविधिमा संलग्न यस्तो कल सेन्टरलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *