वीरगन्ज :

औषधिमा कम खर्च र बाल उपचारलाई सातै प्रदेशमा विस्तार गर्ने मन्त्री पौडेलको आश्वासन

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
1.8kViews
1698 Shares

काठमाडौं, २२ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने अवस्था सिर्जना गर्नका लागि सरकार कार्यरत रहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले औषधिको लागत कम गर्ने उपायहरू खोजिरहेको र शीघ्रै यसमा प्रगति हुने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले भने, “आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्नका लागि हामी मेहनत गरिरहेका छौँ, र यसको समाधानका उपायहरू खोजिरहेका छौँ ।”

यसअघि, अघिल्लो वर्ष कान्ति बाल अस्पतालको लागि झन्डै ८०/८१ करोडको बजेट छुट्याइए पनि प्रक्रिया अगाडि नबढेको जानकारी दिँदै उनले भने, “अब छिट्टै काम अघि बढ्नेछ ।”

बाल उपचारलाई सातै प्रदेशमा विस्तार गर्ने सरकारी योजनाबारे कुरा गर्दै मन्त्री पौडेलले कान्ति बाल अस्पताललाई यस क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउनुपर्ने आवश्यकता औंल्याए। “सातै प्रदेशमा बाल उपचारलाई विस्तार गर्नका लागि कान्ति अस्पतालको विकास गर्नुपर्नेछ। यहाँ बाल उपचारका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने स्थिति बनाउन आवश्यक छ,” उनले भने ।

अन्त्यमा, मन्त्री पौडेलले अनुसन्धानका क्षेत्रमा पनि ध्यान दिनुपर्ने आवश्यकता जोड दिँदै, “अनुसन्धानको क्षेत्रमा काम गर्नाले यो विशेष क्षेत्रलाई प्रतिनिधित्व गर्छ,” भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *