वीरगन्ज :

माग सम्बोधन गर्ने आश्वासनपछि नेत्रले गरे आन्दोलन स्थगित

माग सम्बोधन गर्ने आश्वासनपछि नेत्रले गरे आन्दोलन स्थगित

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.9kViews
1148 Shares

काठमाडौं, २२ पुस । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।

सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।

काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *