
श्रेणी : प्रदेश
काठमाडौं , २२ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिर) सम्मकाे अवधिमा नेपालमा वन्यजन्तुको आक्रमणबाट १५५ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका तथ्यांक अनुसार, यस अवधिमा विभिन्न जनावरहरूको आक्रमणबाट ८३ जनाको मृत्यु भएको, ५९९ जना घाइते भएका र २५६ जनाको उद्धार गरिएको छ।
यस अवधिमा हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाए र १४ जना घाइते भए, जसमा ३ जनालाई उद्धार गर्न सफल भएका थिए। बाघको आक्रमणमा ३ जनाको मृत्यु भएको छ, २४ जना घाइते भएका छन् र ११ जनालाई उद्धार गरिएको थियो। गैंडाको आक्रमणबाट ४ जनाले ज्यान गुमाए, १४ जना घाइते भए र ४ जनालाई सुरक्षित निकाल्न सकिएको छ। भालुको आक्रमणले १५ जनालाई घाइते बनायो र २ जनालाई उद्धार गरिएको छ।
तर, सर्पको आक्रमण सबैभन्दा बढी घातक सावित भएको छ, जसका कारण ७० जनाको ज्यान गएको छ, ५३२ जना घाइते भएका छन् र १३६ जनालाई उद्धार गरिएको छ।
यस अवधिमा नेपाल प्रहरीले १८३५ वटा घटनाहरूको व्यवस्थापन गरेको जानकारी दिएको छ। जनावरहरूको आक्रमण प्रायः जोखिमयुक्त क्षेत्रमा बढ्दै गएको हुँदा प्रहरीले स्थानीयवासीलाई सचेत रहन र सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, यस समस्याबाट मानव जीवनलाई हुने क्षति घटाउन थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया