वीरगन्ज :

एमालेले समानुपातिक उम्मेदवार आइतबार चयन गर्ने

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार आइतबार तय गर्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी सचिवालयको बैठकले भोलि उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाका ११० र ७ वटा प्रदेशसभाका २२० जना समानुपातिक उम्मेदवार आइतबार तय गरिने जानकारी दिए । उनले आइतबार बिहान ११ बजे सचिवालय बैठक बस्ने बताए ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक उम्मेदवार चयनको मापदण्ड, समावेशी क्लस्टरबारे ब्रिफिङ गरेका थिए ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार र सोमबार दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने छ । शनिबारको बैठकले अछाममा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *