वीरगन्ज :

देवतालका सामुदायिक विद्यालयमा २ दिनकाे जाडो बिदा

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.1kViews
1973 Shares

बारा,२१ पुस । तराई-मधेसमा चिसो अत्यधिक बढेसँगै बाराको देवताल गाउँपालिकाले सबै सामुदायिक विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। पालिकाको शिक्षा शाखाले आज आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै पुस २१ र २२ गते विद्यालयहरू बन्द रहने जानकारी दिएको हो।

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको यस निर्णयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीहरूको अभ्यास भने जारी रहने सूचनामा उल्लेख गरिएको छ।

तराई-मधेसका जिल्लाहरूमा लगातार चार दिनदेखि हुस्सु र कुहिरोले जनजीवन कष्टकर बनाएको छ। चिसो हावा चलिरहेकाले विशेषगरी विपन्न परिवारहरू कठिन अवस्थामा परेका छन्।

पालिका प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्य जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गरिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *