वीरगन्ज :

पिंगलास्थान होटलमा युवतीको मृत्यु प्रकरण: फरार युवक ओखलढुंगामा मृत फेला

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.5kViews
1290 Shares

काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएको घटनामा संलग्न फरार युवक ओखलढुंगामा मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार, होटलको कोठा नं. ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानले ओखलढुंगाका २९ वर्षीय देवबहादुर थापा पनि उक्त होटलमा उपस्थित रहेको देखाएको थियो ।

फरार रहेका देवबहादुर थापा शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको ओखलढुंगा प्रहरीले पुष्टि गरेको छ ।

मृत भेटिएकी सुस्मिता खड्का जापानी भाषा अध्ययनरत रहेको र जापान जान तयारीमा रहेको बुझिएको छ। उनका आफन्तहरूले खड्काले जापानी भाषामा अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

देवबहादुर थापा केही समयअघि मात्रै जापानबाट नेपाल फर्केका थिए ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। यस घटनाले होटल व्यवसायमा सुरक्षा र निगरानीका विषयलाई पुनः सतहमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *