श्रेणी : कला / साहित्य
बीरगन्ज,२० पुस ।बीरगन्जस्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयले आफ्नो ८७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले विद्यालयको गौरवमय इतिहासको स्मरण गर्दै शैक्षिक प्रगतिमा थप उचाइ हासिल गर्ने संकल्प गरेको छ।
कार्यक्रममा बीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी भए । वडा नम्बर ४ का अध्यक्ष जगत् साह कानुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा शिक्षक, अभिभावक, र विभिन्न सामुदायिक विद्यालयका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रह्यो।
विद्यालयका प्रधानाध्यापक नवीन मिश्र, शिक्षाविद् राजेन्द्र प्रसाद कोराला, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण लगायतले विद्यालयको प्रगति, चुनौती र भविष्यका योजनाबारे धारणा राखे। स्थापना दिवसलाई विद्यालयले शैक्षिक विकास र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्रेरणादायी दिनका रूपमा लिएको छ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, र अभिभावकहरूले विद्यालयको प्रगतिमा गर्व व्यक्त गर्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाए। महेश दासजस्ता विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो।
प्रतिक्रिया