वीरगन्ज :

नेपाली कांग्रेसले आउने चुनाव एक्लै लड्छ : नेता सिंह

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.8kViews
1916 Shares

जनकपुर,२० पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लड्ने बताएका छन्। नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दीबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरेका छन्। केही समय अघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए।

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनले बताए। आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छझ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भन्नुभयो,पार्टीको मुख्य शक्ति संगठन हो।

त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ। समाजसेवाको सबै भन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए।

सर्लाहीको हरिपुर नगरपलिकामा शहरी विकास मन्त्रालयले बनाएको व्यवसायिक भवनको उद्घाटनमा जाने क्रममा महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सिंह सहभागी भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *