वीरगन्ज :

वीरगञ्जमा आजपाद्वारा भ्रष्टाचारविरुद्ध जागरण अभियानलाई तीव्र, खबरदारी सभा आयोजना गर्ने घोषणा

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.1kViews
1567 Shares

१८ पुष, वीरगञ्ज। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारविरुद्ध जागरण अभियानलाई तीव्र बनाउँदै वीरगञ्जमा खबरदारी सभा आयोजना गर्ने घोषणा गरेको छ। आजपा पर्सा जिल्ला कमिटीले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो।

पार्टीले आगामी पुष २७ गते वीरगञ्जमा व्यापक प्रदर्शन र खबरदारी सभा गर्ने बताएको छ। सभा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न र वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्न दवाव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहका अनुसार यो सभालाई अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकाे बताए ।

आजपाले वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्नुपर्ने भन्दै लामो समयदेखि माग उठाउँदै आएको छ। उपाध्यक्ष साहले संघीय संरचना अघि वीरगञ्जलाई राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरिए पनि हालसम्म त्यो माग पूरा नगरेको र प्रदेश राजधानीसमेत षड्यन्त्रपूर्वक यहाँबाट अन्यत्र सारिएको आरोप लगाए।

मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले वर्तमान सरकारले मुलुकलाई आर्थिक रूपमा कमजोर बनाउने नीति अख्तियार गरेको आरोप लगाए। उनले सरकारी मनोमानीका कारण जनतामाथि अनावश्यक करको भार थोपर्ने कार्य भइरहेको दाबी गरे।

आगामी सभा मार्फत आजपाले भ्रष्टाचारविरुद्ध आवाज उठाउने मात्र नभई, वीरगञ्जको ऐतिहासिक र आर्थिक महत्वको संरक्षणका लागि जनमत सिर्जना गर्ने प्रयास गर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *