वीरगन्ज :

जनकपुरका विद्यालयमा चिसोका कारण १० दिनको बिदा

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1514 Shares

जनकपुर,१८ पुस । चिसो बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाका सबै विद्यालय १० दिनका लागि बन्द हुने भएका छन्। उपमहानगरपालिका कार्यालयले पुस १९ देखि पुस २९ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णका अनुसार अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै सामुदायिक र निजी विद्यालयहरूमा बिदा दिनुपर्ने आवश्यकता महसुस गरिएको हो।

यस बिदा वर्षे बिदाबाट कटौती गरिनेछ। तराई–मधेश क्षेत्रमा केही दिनयता चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

उपमहानगरपालिकाले सबै शैक्षिक संस्थाहरूलाई निर्णयको पालना गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *