वीरगन्ज :

नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक आक्रमण: १५ को मृत्यु, ३५ घाइते

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
3.0kViews
1269 Shares

काठमाडौं,१८ पुस । नयाँ वर्षको उत्सव मनाइरहेको भिडलाई लक्षित गर्दै एक संदिग्धले ट्रक कुदाएर आक्रमण गर्दा १५ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्।

घटना न्यू ओर्लिन्सको चर्चित बार्बन स्ट्रिट क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३:१५ बजे भएको हो। फ्रेन्च क्वार्टरको यो क्षेत्र नयाँ वर्ष मनाउन सयौं मानिसको भीडले भरिएको थियो।

प्रहरीका अनुसार ४२ वर्षीय संदिग्ध शमशुद दिन जब्बरले ट्रकले भिडमा कुदाउनुका साथै गाडीभित्रैबाट गोलीसमेत प्रहार गरेका थिए। घटनापछि प्रहरीले प्रतिकार गर्दै संदिग्धलाई गोली हानेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार जब्बर अमेरिकी सेनाका निवृत्त सैनिक थिए र उनको ट्रकमा आइएसआइएसको झन्डा देखिएको थियो।

घटनापछि राष्ट्रपति जो बाइडेनले ती व्यक्ति आइएसआइएसबाट प्रभावित रहेको भन्दै यस घटनाको गहन छानबिन गर्न निर्देशन दिएका छन्। घटनामा घाइतेमध्ये दुई जना प्रहरी पनि रहेका छन्।

स्थानीय र संघीय निकायहरूले यस आतंकवादी आक्रमणलाई गम्भीर रूपमा लिएर अनुसन्धान जारी राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *