वीरगन्ज :

एआईजी तामाङ काठमाडौं उपत्यका प्रहरी प्रमुखमा सरुवा

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
1.8kViews
1646 Shares

काठमाडौं, १७ पुस । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको प्रमुखमा एआईजी टेकबहादुर तामाङ सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि रानिपोखरीमा एआईजी किरण बज्राचार्य कार्यरत थिइन्। तर, ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएपछि तामाङलाई यो जिम्मेवारी दिइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर, र भक्तपुर जिल्लाको सुरक्षा कमाण्ड गर्छ। यस क्षेत्रमा शान्ति-सुरक्षा कायम गर्नका लागि नयाँ नेतृत्वको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

अपराध अनुसन्धानमा अनुभवी मानिने तामाङको उपत्यकामा सरुवासँगै सुरक्षा व्यवस्थामा थप सुदृढता आउने अपेक्षा गरिएको छ। काठमाडौंको सुरक्षा चुनौती र नागरिकप्रतिको उत्तरदायित्वलाई ध्यानमा राख्दै तामाङले छिट्टै आफ्नो योजना सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

यो सरुवाले उपत्यकाको सुरक्षा संरचनामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *