वीरगन्ज :

मधेसमा एकता प्रयास: हृदयश त्रिपाठीको राजनीतिक सक्रियता

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.5kViews
1862 Shares

काठमाडौं,१३ पुस । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी मधेसमा राजनीतिक सहकार्य र मोर्चाबन्दीका लागि सक्रिय भएका छन्। उनले तराई-मधेसका प्रमुख दलहरूसँग भेटघाट गर्दै सहकार्यका लागि पहल गरिरहेका छन्।

यस क्रममा त्रिपाठीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग भेट गरेका छन्। भेटघाटमा त्रिपाठीले देशको बिग्रँदो आर्थिक अवस्था र जटिल राजनीतिक परिस्थितिको सामना गर्न दलहरूको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।

उनले वर्तमान समयमा दलहरूबीच एकता र सहकार्यले मात्र समस्याको समाधान सम्भव हुने भन्दै सबैलाई साझा मोर्चा बनाउनेतर्फ सोच्न आग्रह गरेका छन्। त्रिपाठीको यो सक्रियता मधेसमा नयाँ राजनीतिक मोर्चाको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *