वीरगन्ज :

अहिलेसम्मकै उच्च अण्डाको मूल्य

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
1.9kViews
1966 Shares

चितवन, १३ पुस । लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आज (शनिबार)देखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार कुखुरा पालक किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन् । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल–कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले भाउ पनि बढेको हो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । खुद्रा उपभोक्ता मूल्य अब प्रतिगोटा २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।किसानको फार्ममा बूढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *