वीरगन्ज :

अर्बौंको चलखेल गरेर सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्दै छ : वर्षमान पुन

श्रेणी : अर्थ

10 months
Pradeep Sah
2.8kViews
1129 Shares

रोल्पा, ११ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको बताएका छन् । सरकारको यो कदमले देशको अर्थतन्त्र डामाडोल हुने र यसको स्वामित्व पूरै बिचौलियाको हातमा पुग्ने उनले बताए ।

आफू अर्थमन्त्री भएको बेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठूलो दबाब आएको तर अस्वीकार गरेको स्मरण गर्दै उनले त्यही बिचौलिया समूहले अहिलेको सरकार र अर्थमन्त्रीलाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेदेखि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनेसम्मको खेल गरिरहेको दाबी गरे ।

‘देशको आर्थिक समृद्धिका लागि हाम्रो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न छोडेर यो सरकारले आर्थिक विचलन ल्याउन खोजिरहेको छ । स्वार्थ समूहले नै यो सरकार बनाएको भन्ने हाम्रो भनाई अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ। अहिले नयाँ स्टक एक्सचेन्ज विचौलिया समूहको योजनामा खुलाउन प्रक्रिया थाल्नु गलत छ। यो नीतिगत भ्रष्टाचारकै अर्को नमूना हो। नयाँ स्टक एक्सचेन्ज खोल्नुभन्दा पनि सरकारले नेपाल सरकारको स्वामित्वमा रहेको नेप्सेलाई नै सुदृढ गर्नुपर्छ। निजीलाई दिने सरकारको योजनामा अर्बौंको भ्रष्टाचार र चलखेल हुँदैछ,’ उनले भने ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *