वीरगन्ज :

प्रहरीका ३० जना कर्मचारी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन

श्रेणी : प्रदेश

10 months
Pradeep Sah
3.0kViews
1098 Shares

काठमाडौँ, ११ पुस नेपाल प्रहरीका ३० जना कर्मचारी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोज महिनाबाट गैर हाजिर भएका र सम्पर्कमा नरहेका कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिनको भित्र हाजिर हुन निर्देशन दिएको छ ।

गैर हाजिर भएका सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही, दाङका सुन्दर सेन र रामेछापका बुद्धिमान तामाङ समावेश छन्। सेन असोज ३० देखि र तामाङ असोज १६ देखि सम्पर्कविहीन छन्। अन्य २८ जनामा ५ जना प्राविधिक जवान, २२ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी छन् ।

प्रहरी प्रधान कार्यालयले यी कर्मचारीहरूले सात दिनको भित्र अनुपस्थिति बारे सन्तोषजनक स्पष्टीकरण नदिएका खण्डमा प्रहरी नियमावलीको अनुसार सेवा निष्कासन गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *