श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,०९ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अन्तर्राष्ट्रिय भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन्। उनी युरोप र भारतको भ्रमणपछि नयाँ दिल्ली हुँदै काठमाडौँ अवतरण गरेकी हुन्।
गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी मन्त्री राणाले नेदरल्याण्ड र जर्मनीको भ्रमण गरेपछि भारतको नयाँ दिल्लीमा केही कार्यक्रमहरूमा सहभागी भएकी थिइन्।
युरोप भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गर्दै ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गरेकी थिइन्।
पुस ४ गते जर्मनीको बर्लिनबाट भारत गएकी राणाले नयाँ दिल्लीमा नेपाल-भारत सम्बन्धबारे विभिन्न अनौपचारिक छलफलहरूमा पनि भाग लिएको बताइएको छ।
उनको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र जलवायु परिवर्तनप्रति नेपालको प्रतिबद्धता थप सुदृढ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया