वीरगन्ज :

भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

1 day
Pradeep Sah
2.7kViews
1319 Shares

हेटौँडा,०९ पुस । मकवानपुरको हेटौँडा–भैसे सडकखण्डमा भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।

हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बिआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बा।प्र।०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा परेका स्कुटर चालक हेटौँडा–१, चौकीटोलका ३५ वर्षीय युवराज लामालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता, निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए।

दुर्घटनामा स्कुटरको पछाडि सवार २५ वर्षीया बबिता लामा गम्भीर घाइते भएकी छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने कार र चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला, पूर्वी चम्पारणका २४ वर्षीय सुकर्णप्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

यो घटना हेटौँडा–भैसे सडकखण्डमा बढ्दो दुर्घटनाको जोखिमबारे चिन्ता उठाउने विषय बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *