वीरगन्ज :

मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.7kViews
1593 Shares

चितवन,०७ पुस । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि एक सातासम्म दिउँसो तीन घण्टा बन्द हुने भएको छ। पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटी घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ देखि १३ गतेसम्म बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म सवारी आवागमन रोकिनेछ।

नागढुङ्गा–मुग्लिङ सडक योजनाका पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार घुम्ती सुधार कार्यका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधनलाई गल्छी–बैरेनीतर्फ मोडिनेछ भने हलुका सवारीसाधनलाई जरेखेतमा रोक्न थालिएको छ।

चितवनतर्फबाट नौबिसे प्रवेश गर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेँसीमा रोकिनेछ। त्यस्तै, मुग्लिङबाट मलेखु जाने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ। मलेखुबाट मुग्लिङ जाने सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशालटारमा रोकिने व्यवस्था गरिएको छ।

यात्रुको सुविधालाई ध्यान दिँदै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने व्यवस्थापन मिलाएर चलाइने इञ्जिनियर दरइले जानकारी दिए। उक्त सुधार कार्यले यात्राको सुरक्षासँगै सडकको सहजतामा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *