श्रेणी : प्रदेश
काठमाडाैं,०१ पुस । साताको पहिलो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ५१.३७ अंकले घटेर नेप्से २६३०.९१ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। गत कारोबार दिन अर्थात् बिहीबार ६ अर्ब १४ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ९३ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २१ करोड रूपैयाँ कमी आएको हो।
आज ३०४ वटा धितोपत्रको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १५ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ३०० रूपैयाँ कायम भएको छ।
जोशी हाइड्रोपावरको मूल्य ८.७० प्रतिशतले बढेर प्रतिकित्ता ४५० रूपैयाँ पुगेको छ। यस्तै, जानकी फाइनान्सको मूल्य सर्वाधिक ९.५८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८०१ रूपैयाँमा झरेको छ।
दोस्रोमा नेपाल फाइनान्सको मूल्य ७.४५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६ रूपैयाँ कायम भएको छ। सोमबार एनआरएन इन्फ्रास्ट्रक्चको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९८४ रूपैयाँ ४० पैसामा २६ करोड ४५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४५० रूपैयाँमा १८ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ। दोस्रोमा व्यापार समूहको परिसूचक ३.५५ प्रतिशतले घटेको छ।
प्रतिक्रिया