वीरगन्ज :

नेशनल मेडिकल कलेजमा दम सम्बन्धि जनचेतना कार्यक्रम

श्रेणी : मधेस

2 years
Pradeep Sah
1.8kViews
1652 Shares

वीरगंज (पर्सा), ५ मंसिर । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा बुधबार दम सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा जटिल बन्दै गएको दाम सम्बन्धी स्वास्थ्य समस्या अन्तर्गत पर्ने समस्यालाई नियुनीकारण गर्न नेशनल मेडिकल कलेजले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेकाे हाे ।

अस्पताल परिसर मै भएकाे कार्यक्रममा वि.एस.सी. पन्ध्रौं बैचका विद्यार्थीहरुले जनचेतना मुलक नाटक प्रस्तुत गरेकाे नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए । प्रस्तुत नाटक पश्चात मेडिसिन वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईशरत जहाँ अन्सारी, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधानाध्यापक डा.के. एन. सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, नर्सिंग प्रशासन प्रमुख आताउल रहमान अंसारी, कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतकाकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *