वीरगन्ज :

मापदण्ड भन्दा बढी भाडा लिने दुईजना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.6kViews
1978 Shares

वीरगंज (पर्सा), २७ कात्तिक । पर्सा प्रहरीले वीरगंजबाट मापदण्ड भन्दा बढी भाडा लिने दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.९ निवासी ६५ बर्षिय अशाेक गुप्ता र वीरगंज १६ निवासी ४० बर्षिय विजय साह रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्क स्थितमा सार्वजनिक बस, हाईस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसंग मापदण्ड विपरीत बढी भाडा लिने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले मंगलबार विहान ८ बजेकाे समयमा दुबै जनालाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी टोलीले लामोदुरी सार्वजनिक सवारी साधन छुटने काउन्टरबाट मापदण्ड भन्दा बढी भाडा लिने गरेको कार्यमा सलंग्न दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *