वीरगन्ज :

जनमत पार्टीको बिन्दवासिनीमा शुभकामना आदानप्रदान तथा अभिमुखीकरण

श्रेणी : धर्म संस्कृति

1 year
Pradeep Sah
1.8kViews
1340 Shares

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवामा जनमत पार्टीको शुभकामना आदानप्रदान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको बिन्दबासीनी गाउँपालिका समितिको आयोजनामा तिहार र छठ पर्वको अवसरमा भएको शुभकामना आदाप्रदान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जनमत पार्टी पर्सा संयोजक ओमप्रकाश सरार्फले छठ लोक आस्थाको पर्व भएकाले यसको संरक्षण गर्न आग्रह गरे ।

यस्तै उनले जनमत पार्टीलाई आम जनतामुखी बनाई समाजसेवामा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

पार्टीका बिन्दवासिनी गाँउपालिका अध्यक्ष ललन (बिनोद) चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य बिनय यादव, पूर्व जिल्ला इन्चार्ज सुजित चौरसिया, नेताहरु डा. अशोक ठाकुर, महेश चौरसिया, रामबाबु चौरसिया, देवनाथ ठाकुर लगायत सबै वडाका पदाधिकारी एवं कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *