वीरगन्ज :

जनमत पार्टी पर्साद्वारा बाढी प्रभावितकाे सहयाेग र उद्धारकाे लागि हेल्पलाइन नम्बर जारी

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.5kViews
1776 Shares

बीरगंज । जनमत पार्टी पर्साले अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण भौतिक क्षति भएको छ । कतिपय परिवार डुुबानमा समेत परेका छन् ।

वषाका कारण बीरगन्ज लगायत पर्सा जिल्ला कै अवस्था दयनिय अवस्था रहेको छ पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले भने, ‘बिपद् व्यवस्थापन गर्ने सरकारी निकाय एवं सुरक्षा एजेन्सी लगायत सम्पुर्ण जनप्रतिनिधिहरु यो विपत्तिमा हातेमालो गर्दै सहकार्य गरौं, पीडितलाई सहयोग गरौं । सबैले उच्च सतर्कता अपनाऔं ।’

प्रभावित परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा स्वयम्सेवकको खट्न सबै नेता कार्यकर्तालाई उनले अनुरोध गरेका छन् ।

साथै समस्यामा परेकाहरुलाई हेल्पलाइन नम्बरहरु पार्टीका महानगर संयोजक संजय सिंह ९८०७२११३८०, दस्ता संयोजक मनोज साह ९८०६३३१६५१, बीरगन्ज महानगर अध्यक्ष महदेव शर्मा ९८०७१२२०००, विद्यार्थी जिल्ला अध्यक्ष बिबेक झा ९८६६३८९७४५ लगायतमा सम्पर्क गर्न जनमत पार्टी पर्साले अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *