वीरगन्ज :

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तार सरकारको उच्च प्राथमिकतामा : खानेपानी मन्त्री यादव

श्रेणी : प्रदेश – १

1 year
Pradeep Sah
2.2kViews
1970 Shares

वीरगंज (पर्सा), ६ असोज । खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरूलाई तीव्रता दिएको बताएका छन् । शनिबार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित “सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति” को २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथित समेत रहेका मन्त्री यादवले संस्थाको महत्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्दै मन्त्रालयले मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको उल्लेख गरे ।

उनले भने ‘सफा, सुरक्षित, र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो । मधेशमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ । हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ ।’ मन्त्री यादवले मधेशमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भिर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले थपे ‘सुनकोशी–मरिन डाइभर्सन परियोजनामार्फत मधेशको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ, यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पु¥याउनेछ ।’

उपभोक्ता समितिहरूसँगको सहकार्यलाई प्रभावकारी बनाउन ४२ हजारभन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको सङ्कट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै उनले सिमरा खानेपानी समितिको मागअनुसार नयाँ ट्याङ्की निर्माण र डिप ट्युबवेल जडानका योजनाहरू प्राथमिकतामा रहेको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्न नेपालका हिमाली श्रोतहरूको उचित उपयोगमा जोड दिँदै मन्त्री यादवले भने ‘नेपालका हिमालहरूको पानीलाई विश्वभर वितरण गर्ने योजना अगाडि बढाउँदै छौँ, जसले देशको आर्थिक समृद्धिमा योगदान गर्नेछ ।’

यस अवसरमा सहभागी वक्ताहरूले सिमरा खानेपानी समितिको प्रयासको प्रशंसा गर्दै, सरकार र उपभोक्ता समितिहरूबिचको सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी सांसद मञ्जु थापा मगरलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *