वीरगन्ज :

शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने नगर प्रमुख सिंहको दावी

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.7kViews
1928 Shares

वीरगंज (पर्सा), २१ भदौ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दावी गरेका छन् । रेडियो बीरगंज तथा टिभी बीरगंजद्वारा आयोजित जनता जानेके चाहता कार्यक्रममा विशेष कुराकानी गर्दै मेयर सिंहले बीरगंजको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर बीरगंजको शैक्षिक अवस्थालाई विगार्ने गिरोहलाई नछाडिने चेतावनी दिए ।

आफू कानुन विपरित काम नगर्ने र कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्ध व्यक्त गर्दै जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताए । शैक्षिक क्षेत्रको सुधारको सुरुवात भएको बताउदै नगर मेयर सिंहले ४०/५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल हुने, १५/२० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी पास हुने अवस्था कसरी भयो यसको अन्त्य गरिने बताए ।

आफूले २७ महिना ९ दिन काम गरेको र यस अवधिमा बीरगंजको सरसफाई, सौन्दर्यकरण, हरियाली बीरगंज, शंकराचार्य गेटदेखि गण्डक सम्मको अवस्थामा आमूल परिवर्तन इको पार्कको निर्माण जस्ता धेरै काम गरेको दावी गरे । उनले वातावरण प्रयावरण जोगाउन महानगरपालिकाले काम गरिरहेको बताउदै प्रदुषित सिर्सिया नदीलाई स्वच्छ बनाउन फोहोर मिसाउने उद्योगलाई कडा कारवाही सहित जरिवाना गरिएपछि अहिले सिर्सिया नदीको अवस्थामा सुधार आएको दावी गरे ।

मेयर सिंहले बीरगंजको माटोलाई उर्वर बनाउने जिम्मा वीरगंजवासीकै भएको बताउदै आफूले गरेका राम्रा कामको पनि विपक्षिहरुले आलोचना गरेको र आलोचना र अवरोधबाट आफू कहिल्यै पछाडी नहटने पनि दाबी गरे । मेयर सिंहले बीरगंजको बजार क्षेत्र र ग्रामिण क्षेत्रलाई छुट्याएर समानुपातिक रुपमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य चौकी लगायत विकास निर्माणलाई अगाडी बढाएको दावी गर्दै आफूले बोलेको कुरा पुरा गर्ने र पुरानो बसपार्कको ठेक्का समेत खारेज गरि सकेको बताए ।

उनले हाल वीरगंज महानगरपालिकाले आन्तरिक रुपमा ८० करोड राजस्व उठाई रहेको बताउदै संघिय सरकारको विभेदको शिकार महानगरपालिका बनेकोमा आक्रोश व्यक्त गरे । बीरगंज महानगरपालिका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत बोर्ड सदस्यहरुमा कुनै विवाद नरहेको बताउदै आफूले चुनाव ताका गरेका प्रतिबद्धता र वाचालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाडने दावी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *