वीरगन्ज :

प्रतीक दैनिककाे वार्षिकोत्सवमा पत्रकार गुप्ता, चाैरसिया सहित चार जना पुरस्कृत

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.7kViews
1469 Shares

वीरगंज । वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकले शनिबार आफ्नो ३७ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । पत्रिकाले ३७ बर्ष पुरा गरि ३८ औं बर्षमा प्रबेश गरेकाे अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मान समेत गरेकाे छ ।

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । उनलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

समारोहमा प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसियालाई उत्कृष्ट संवाददाताको रूपमा रु १५ हजार राशीबाट पुरस्कृत गरिएकाे हाे । साथै, स्तम्भकार कुमार रूपाखेती रु १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारी रु ५ हजार राशीसहित पुरस्कृत भएकाे प्रतिक दैनिकका सम्पादक शत्रुधन नेपालले वताए ।

प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, नेता तथा समाजसेवी श्याम पोख्रेल लगायतको उपस्थिती रहेको थियाे ।

वीरगंजकाे लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा भएकाे कार्यक्रमकाे संचालन प्रतिक दैनिक कै सम्पादक प्रताप श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *