वीरगन्ज :

राैतहटमा मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.1kViews
1489 Shares

वीरगंज । राैतहट प्रहरीले दुई जना माेटरसाइकल चाेरलाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी अधिकृतको टोलीले रौतहटकाे बौद्धीमाई नगरपालिका वडा नं.०५ स्थित सडकबाट चाेरीकाे माेटरसाइकल सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।

ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को चाेरीकाे हिराे हुन्डा स्पलेण्डर माेटरसाइकल सहित बौद्धीमाई नगरपालिका वडा नं.०५ निवासी २० बर्षिय भगत भन्ने अभिषेक यादव र साेही ठाउँ निवासी २१ बर्षिय मुकेश कुमार रामलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले वताइन ।

उनका अनुसार रौतहट परोहा नगरपालिका वडा नं. ०६ बस्ने मोतीलाल प्रसाद कुर्मीकाे नाममा दर्ता रहेकाे सुपर स्पलेण्डर मोटरसाईकल बिहिबार विहान २:३० बजेकाे समयमा उनकै घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको थियाे ।
माेटरसाइकल चाेरी भएकाे जानकारी प्राप्त हुना साथ खटिएको प्रहरी अधिकृतको टोलीले खोजतलास गर्ने क्रममा बिहिबार विहानै १०:०० बजेको समयमा चोरी भएको साे मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता गिरीले जानकारी दिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *