वीरगन्ज :

पाेखरियामा राष्ट्रिय वाणिज्य बैंककाे एटिएम नगर प्रमुख चाैहानद्वारा उद्घाटन

श्रेणी : मधेस

12 months
Pradeep Sah
1.9kViews
1148 Shares

शैलेश गुप्ता/पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखामा संचालनमा आएकाे एटिएम मंगलबार उद्घाटन गरिएकाे छ ।

एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले एटिएमको उद्घघाटन गरेकाे राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिए । पाेखरियामा एटिएम संचालनले ग्रामिण भेगका सेवाग्राहीलाई सहज हुने शाखा प्रमुख पुडासैनीले वताए ।

शाखा प्रमुख पुडासैनीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी उप प्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान, निरज ठाकुर, पत्रकार, बैंकका कर्मचारी लगायत स्थानियकाे उपस्थिति रहेको थियो ।

बैंक परिसरमा भएकाे कार्यक्रममा स्वागत मन्तवय बैंक कै कर्मचारी प्रियंक गुप्ताले गरेकी थिइन । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *